उपत्यकामा आज

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३१, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू

१.काठमाडौको माछापोखरीमा धादिङ,नुवाकोट,रसुवा, काठमाडौं लगायत अन्य जिल्लाका धेरै शीर्ष व्यक्तिहरुको उपस्थितिमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनः नियुक्तिको निमित्त बिरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान :- माछापोखरी,काठमाडौ ।
समय :- ८:०० बजे ।

२.संयुक्त नाइँ श्रमिक संघर्ष समितिले सबै सैलुन तथा पार्लरहरू खुलाउन पाउनुपर्ने लगायतका विभिन्न माग राखि आफ्नो ड्रेस लगाई औजार,कैँची,ब्यानर प्लेकार्ड बोकि नारा जुलुस सहित बिरोध प्रदर्शन गर्ने ।
स्थान :- शान्तिवाटिका रत्नपार्कमा भेला जम्मा भई र्‍याली हुदै माइतीघर मण्डलामा आएर समापन हुने ।
समय :- १०:०० बजे ।

३.उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:३० बजे ।

४.भाडावाला सरोकार समाज नेपाल, कोरोना पिडीत संयुक्त संघर्ष समित र सम्भु महत्तो हत्या न्यायिक छानविन समितिले कीर्तिपुर भागङ्गलमा २०७७/५/२६ गते भएको घरबेटी र कोठावालाको झगडामा कोठावाला सम्भु महत्तो मृत्यु भएकोमा मृतकको परिवारले न्याय पाउनुपर्ने तथा पिडकलाइ हदैसम्मको कारवाहिको माग राखि प्रदर्शन गर्ने ।
स्थन :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।

५.हाम्रो नेपाल हामी नेपाली अभियान र विभिन अभियानहरूमा आबद्ध अभियान्ताहरू,हेम राज थाप,कलाकार दिपक राज गिरि,रुक्माङ्गद कटवाल,नवल खड्का लगायतको ब्यक्तिहरूको उपस्थितिमा कुलमान घिसिङको पुनः नियुक्तिको लागि जनदवाब कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।

६.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।

७.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

प्रतिक्रिया दिनुहोस