नेपाल आइपुगे बहराइनका राजकुमार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१ , काठमाडौँ। बहराइनका राजकुमारसहितको टोली नेपालको दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौँ अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौँ आएको हो ।

उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौँ विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

प्रतिक्रिया दिनुहोस