स्वास्थ्य बीमा बोर्डमा दुई जना सदस्य मनोनित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा दुई जनालाई मनोनित गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयबाट डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ बर्षका लागि मनोनित गरेका हुन् । मनोनित भए लगत्तै उनीहरुले बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस