प्यूठानमा कोरोनाका २१ संक्रमित थपिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, प्यूठान । प्यूठानमा बुधबार थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थपिएका संक्रमितहरुमध्ये प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १,झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् ।स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परीक्षणमा १४ देखि ६४ वर्ष सम्मका २१ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये ५ महिला र अरु पुरुष छन।

हालसम्म प्यूठानमा ४ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ४ सय ५२ जनाले भने कोरोना जितेर घर फर्किएका छन् । त्यसमध्ये सक्रीय सङ्क्रमितको संख्या कुल ४२ छ । स्वास्थ्य कार्यालय प्यूठानले यश अघि दुई जनाको कोरोनाका कारण मृत्यु भईसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस