कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा वडा सचिवको मृत्यु

Khabar24Nepal Author Logo..
मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, जाजरकोट । जाजरकोट जिल्ला नलगाड नगरपालिकका–१० का वडा सचिव कविराज रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा उनको मृत्यु भएको जनाएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१३ छिवाङ घर भएका उनी केही समयदेखी नलगाड नगरपालिका १० मा कार्यरत थिए ।

एक हप्तादेखी निरन्तर ज्वरो आउने, स्वास प्रश्वासमा समस्या देखिएपछि उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिएकी छिन् । मृतक रोकाको स्वाव संकलन गरी चौरजहारी स्थित कोरोना रोग प्रयोगशालामा पठाउने तयारी भएको छ । नलगाड नगरपालिकामा प्राविधिकको रुपमा रहेका रोकालाई नगरपालिकाले वडा सचिवको काम गर्ने जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस