रुकुम पश्चिम्मा खेलाडीलाई खेलकुद सामाग्री वितरण

Khabar24Nepal Author Logo..
भावना शर्मा पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१ , रुकुम । रुकुम पश्चिम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता प्रेम देबकोटाले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका खेलाडीहरुलाई खेलकुदका सामाग्री वितरण गर्नुभएको छ । गाउँपालिका वडा नम्बर ९ का खेलाडीलाई नेता देबकोटाले खेलकुदका सामाग्री उपलब्ध गराउनु भएको हो । उहाँले त्यहाँका खेलाडीहरुलाई १ सेट बल, १ सेट नेट, १ सेट पम्प गरी चार हजार बराबरको सामाग्री उपलब्ध गराउनुभएको छ ।

गाउँका युवा खेलाडीहरुलाई खेलप्रति आकर्षी गराउनु आफले ति समाग्रीहरु उपलब्ध गराएको नेता देबकोटाले बताउनुभयो । गाउँको नजिकै रहेको बालसेवा आधारभुत विद्यालयको प्रांगङनमा खेल्दै आएका खेलाडीले राम्रो कोर्ड निर्माण गरिदिन आग्रह समेत गरेका थिए । नेता देबकोटाले खेलाडीहरुको माग अनुसार भलिवल कोर्ड समेत निर्माण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस