बलात्कार जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न कठोर कानुन ल्याउन: प्र.म ओलीको

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न कडा  कानुन ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभएको छ ।

६५औं नेपाल प्रहरीको स्थापना दिवशको अवसमा नेपाल प्रहरीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पिडितले न्याय पाउने गरी कानुन ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै कानुनी शासन स्थापनाको लागि नेपाल प्रहरीको भुमिका मुलुकको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षाको लागि दर्विले र गर्विलो बनाएकोमात्र नभई राज्यको शिर उचो बनाएको उल्लेख गर्दै उहाँले मुलुकका लागि गरेको सेवा गर्नेहरुको सरकारले उच्च मुल्याङ्कन गरिरहेको बताउनुभयो । संक्रमण फैलन नदिन नेपाल प्रहरीले पुर्याएको योगदान अतुलनिय रहेको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिको लागि नेपाल प्रहरीले गर्ने सुरक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

प्रविधिको विकासले मानिसलाई आरामदायी बनाएको मात्र नभई दुरुपयोगले विश्वभर आक्रान्त पारिरहेकोले नेपाल प्रहरीले चनाखो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी चुनौतपूर्ण दिनहरुलाई सामना गर्न प्रहरीले सूचना प्राणालीको विकासले गरेको नकरात्मक प्रभावलाई सम्बोधन वर्तमान सन्दर्भमा निकै चुनौतिपूर्ण रहेकोले सचेत भई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

भ्रम र अफवाह चुनौति बन्दै गएकोले विधिसम्मत ढंगले निस्तेज बनाउने गरि सरकार अगाडी बढेको उल्लेख गर्दै उहाँले हिंसा र अतिवाद परिवर्तनका सत्रुभएको बताउनुभयो । सुशासन, पासदर्शिता र विकास जस्ता कुराहरुलाई वर्तमान सरकारको आधारभुत कुराको रुपमा लिई अघि बढेकाले आन्दोलन तथा हिंसाको कुनै पनि गतिविधि गर्न आवश्यक नभएको बताउँदै उहाँले बलात्कार जस्ता अपराधिक घटनाहरु मिलापत्रका नाममा छोप छाप हुन नसक्ने समेत चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस