बढी पीडा घरबेटी वा भाडामा बस्नेलाई ?

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

विभिन्न किसिमका बाध्यतामा जीवन नजेलिएको भए सायद कोहि पनि ब्यक्ति अर्काको घरमा भाडामा बस्न बाध्य किन हुन्थे र ? वास्तवमा कयौं वर्षदेखि देसका विभिन्न शहरहरुमा भन्दा राजधानीमा बाध्यता वा परिबन्धले बस्ने मानिसहरु कयौं गुणा बढी छन ।

रोजगारीका अबसरहरु गुमेकोले पनि भाडा तिर्नको लागि असहज हुनु एकातिरको पाटो हो भने अर्कोतिर जीवनमा धेरै संघर्षपश्चात खाइ नखाई बैंकमा ऋण काढेर बल्ल तल्ल घर बनाई कोठा भाडामा दिएर त्यसैबाट जीवन निर्वाह गर्ने घरबेटीहरुको पीडा झन विचित्रको छ । बैंकमा मासिक किस्ता तिर्न, छोरा छोरी पढाउन, रासन पानी धान्न, घर, जग्गा, बिजुली, पानी , फोहोर आदिको कर तिर्न सबै भाडामा निर्भर रहनुपर्ने घरबेटीहरु र रोजगारी गुमाएर पनि चर्को भाडा तिर्न बाध्य भाडामा बस्नेहरुको पीडा उस्तै उस्तै छ ।

कारणहरु हुनः अन्य शहरहरु भन्दा काठमान्डौं नै जीवनको गन्तब्यको अन्तिम बिन्दु हो भन्ने भ्रममा मानिसहरु पर्नु र सोहि अनुसार बिकल्प पनि नभएकोले सायद काठमान्डौंमा नै मानिसको भिडभाड बढी नै हुने गर्दछ । यसरी कहि कतै कतिपय भाडामा बस्ने र घरबेटीबीचको सम्बन्ध एउटै परिवारको जस्तो सौहाद्र वातावरणमा चलिराखेको हुन्छ भने कतिपयको सम्बन्ध भाडा लेनदेनको कारणले बिग्रेको पनि छ ।

कोरोना महामारी हुनुभन्दा पहिला पनि दुवैपक्षवीच कहि कतै यदा कदा पानी, बत्ती, फोहोर, भाडा आदि विषयलाई लिएर किचलो चली नै रहन्थ्यो र यो सामान्यजस्तै भएको थियो भने कहि त अबस्था असामान्य भएर मुद्दा पनि चलेको स्थिती थियो । तर जब नेपालमा कोरोनाको कहरले छोयो तब सरकारले लकडाउनको प्रकृया अगाडि बढायो अनि भाडामा बस्ने र घरबेटीको वीचमा द्वन्द फेरि पहिलाको तुलनामा झन चर्किदै गएको छ । खास त कोरोनाले कतिका रोजगारीका अबसरहरु गुमेकोले पनि भाडा तिर्नको लागि असहज हुनु एकातिरको पाटो हो भने अर्कोतिर जीवनमा धेरै संघर्षपश्चात खाइ नखाई बैंकमा ऋण काढेर बल्ल तल्ल घर बनाई कोठा भाडामा दिएर त्यसैबाट जीवन निर्वाह गर्ने घरबेटीहरुको पीडा झन विचित्रको छ । बैंकमा मासिक किस्ता तिर्न, छोरा छोरी पढाउन, रासन पानी धान्न, घर, जग्गा, बिजुली, पानी , फोहोर आदिको कर तिर्न सबै भाडामा निर्भर रहनुपर्ने घरबेटीहरु र रोजगारी गुमाएर पनि चर्को भाडा तिर्न बाध्य भाडामा बस्नेहरुको पीडा उस्तै उस्तै छ ।

अझ कतिपय ठाउँमा त भाडावालाले दुई तीन वटा कोठा वा फ्ल्याट नै ताल्चा मारेर कोहि गाउँ गएका छन त कोहि पटके बनी बिरालोले मुसा सारेजस्तै कोठामा सीमित सामान राख्दै एक महिना बस्दै कोठाको सामान छोडी भाग्ने हुनाले त्यस्ता घरका घरबेटीहरु ज्यादै मारमा परेका छन । कोठाको ताल्चा फोरौ कानुनले दिदैन । नफोरौ वर्षौं भइसक्यो कोठावालाको न खबर छ, न त केही अत्तो पत्तो । फोन संधै अफका अफ ।

वर्तमान अवस्थामा घाँटी हेरेर हाड निल्ने भनेजस्तो कोठावालाले पनि रोजगारी गुमाएकै हुन र भाडा तिर्न नसक्ने हो भने घरवेटीसँग समन्वय गर्दा भैहाल्छ तर कोठामा ताल्चा लगाई भागेर हिड्नाले के समस्याको समाधान छ त ?

कोठामा न गतिला सामान । न त भाडा तिरेको छ, न त सामान लैजाउ भन्दा लिन आउछन । सम्बन्धित निकायमा उजुरी दिँदा पन्छिने प्रवृती आदिले गर्दा अब यो एउटा गम्भीर विषय बनेको छ र सम्बन्धित स्थानिय तहबाट यो विषयलाई गम्भीरताकासाथ लिइएन र गृह प्रशासनसंग समन्वयन गरि समाधानको उपाय खोजिएन भने यसले झन बिकराल स्थिती ननिम्त्याउला भन्न सकिन्न । यसरी वर्तमान अवस्थामा घाँटी हेरेर हाड निल्ने भनेजस्तो कोठावालाले पनि रोजगारी गुमाएकै हुन र भाडा तिर्न नसक्ने हो भने घरवेटीसँग समन्वय गर्दा भैहाल्छ तर कोठामा ताल्चा लगाई भागेर हिड्नाले के समस्याको समाधान छ त ? पक्कै पनि छैन । तसर्थ हालको यो कोरोनाको तीब्रताले निम्त्याएको परिस्थितिमा वास्तविक पीडा कसलाई छ त, घरवेटी या कोठावालालाई ? सम्बन्धित निकायको ध्यान जाओस

प्रतिक्रिया दिनुहोस