बायर्नको सहज जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ३०, एजेन्सी । एरिक म्याक्सिम चौपो मोटिङ्गले डेब्यु खेलमा दुई गोल गरेपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो चरणमा सहज जित निकालेको छ । बिहिबार राति बायर्नले पाँचौ श्रेणीको क्लब डुरिनमाथि ३–० को जित दर्ता गरेको हो । फ्रि–ट्रान्सफरमा बायर्न आएका मोटिङले दुई गोल गर्दै डेब्यु खेलमै शानदार सुरुवात गरे । अर्को एक गोल थोमस मुलरले पेनाल्टीमा गरेका थिए ।

खेलको २४ औं मिनेटमा मोटिङले बायर्नलाई खेलमा अग्रता दिलाएका थिए । थोमस मुलरले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरे । दोस्रो हाफमा बायर्नले पाँचौ डिभिजनको क्लबमाथि खासै आक्रमण बुन्न सकेन । दोस्रो हाफमा मोटिङले केही गोलको सुन्दर अवसर गुमाएका थिए । ३१ वर्षिया फरवार्डले ७५ औं मिनेटमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए । अन्तराष्ट्रिय खेलका कारण प्रशिक्षक हान्सी फिलिकले टोलीमा ब्यापक परिवर्तन गरेका थिए । उनले बायर्नमा यसै सिजन आएका मोटिङ सहित ड्युगलस कोस्टा र मार्स रोसालाई प्लेईङ सेटमा राखेका थिए । जितसंगै बायर्न प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । बार्यनले शनिबार बुन्डेसलिगा र बुधबार च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस