मुम्बईलाई शीर्ष स्थानमा उक्लने मौका

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ३०, एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा शुक्रबार साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।


शेख जायद क्रिकेट स्टेडियममा मुम्बई छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकत्ता पाँचौं जितको खोजीमा रहेको छ । कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा रहेको छ ।कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ । यस्तै कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

मुम्बईले कोलकत्ताविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् । कोलकत्तालाई दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया दिनुहोस