गुण्डा नाइके विकास पुन पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, दाङ । गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । चेकिङका क्रममा अभद्र व्यवहार गरेर भागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पुनलाई घोराही रतनपुरस्थित डेराबाट पक्राउ गरेको हो । पुन अहिले प्रहरीको हिरासत कक्षमा छन् । उनलाई यसअघि ज्यान मार्ने उद्योेग अन्तरगतमा मुद्दा चलिरहेको छ । दाङ देउखुरी जिल्ला अदालतले ज्यान मार्ने उद्योेग मुद्दामा ५ वर्ष कैद सजाय तोकेपनि पुनको सर्वोच्चमा मुद्दा चलिरहेको छ ।


प्रहरीमा रहेको पूरानो रेकर्डमा उनी विभिन्न्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका छन् । उनलाई थुनुवा कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस