छायांकन सेटमा फर्किइन् दीपिका

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौँ । बलिउड नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् ।


कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकिएको थियो । एनसीबीसँगको सोधपुछपछि दीपिका विगत १० दिनदेखि गोवामा चलचित्रको छायांकन गरिरहेकी छिन्

प्रतिक्रिया दिनुहोस