बिरगंजमा ६५ औ प्रहरी दिवस कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, बिरगंज । नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायरा भित्र रहेर मनाएको छ । कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक गंगा पन्त, सशस्त्र प्रहरी बल पर्साका नायब उपरिक्षक राजेन्द्र खड्का ,नेपाल पत्रकार महासंघका पर्सा जिल्लाको अद्यक्ष श्याम बन्जारा लगायत पर्सा प्रहरी बल र संचारकर्मीको उपस्थिति थियो।


६५औं प्रहरी दिवसको अवसरमा अमर तथा बिर शहिद प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु को साथै शहिद परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा नक्कली प्रहरी सहायक निरीक्षकको पक्राउ गरेका स.ई. बैद्यनाथ दासलाई निमित पर्सा जिल्ला प्रमुख आसमान तामांग द्वारा सम्मान गरि पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण बिर्ता वडा प्रहरीका इन्स्पेक्टर राजेशराज पुरीले गर्नू भएको थियो।

प्रतिक्रिया दिनुहोस