बन कार्यालयका रेन्जर घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, कैलाली । सव-डिभिजन वन कार्यालय, तारानगर, कैलालीका रेन्जर र सामुदायिक वनका अध्यक्ष घुस रकम सहित पक्राउ परेका छन । उनिहरूले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा मुद्दा मिलाइदिन्छु भनि घुस लिएका थिए ।

रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने धनगढी उप-महानगरपालिका वडा नं. ११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग रु. ८०,०००।– (असी हजार) घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई धनगढी उप महानगरपालिका वडा नं. १ को पार्क मोड भन्ने स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस