भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, बाँके । सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५, कञ्चनपुरका ७४ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार मधुमेह र उच्च रक्तचाप सम्बन्धित बिरामी भएका ति पुरुषलाई कात्तिक २१ गते स्वास्थ्यमा समस्या आएर महाकाली अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरिएकोमा २३ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो । उहाँको स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २५ गते भेरी अस्पतालमा भर्ना गरिएकोमा बिरामीको रोग अनुसार सम्पूर्ण उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई सोमबार बिहान साढे ६ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस