श्रीमती सिता दाहाल सहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाने भएका छन् । उपचारका लागि पत्नी सीतालाई लिएर उनी त्यसतर्फ जान लागेका हुन् ।

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् । चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्चत रक्तचापको समस्या पनि छ । उनको साथमा छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहनेछन् ।

सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत असोजमा उनलाइ उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसयता ठिक भए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नीलाई लिएर आज अमेरिका जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस