लकडाउनको अबधिमा तारकेश्वर नगरपालिकाको सेरोफेरो !

Khabar24Nepal Author Logo..
खिम राज गिरी पढ्न लाग्ने समय : २ मिनेट

तारकेश्वर नगरपालिकाले आफ्नो नाकामा अनुमतिबिना प्रबेस रोक्ने  निर्णय गरेको छ । नाकामा विशेष सुरक्षा सतर्कता अप्नाउने कुरामा यस नगरपालिकाका मेयर रामेश्वर बोहराले हरेक निकाय र अन्य नगरपालिकासंग समन्वय गरेर अगाडि बढ्ने कुरामा जोड दिनुभएको छ । तारकेश्वर नगरपालिकाले लकडाउनको अबधिदेखि विभिन्न समयमा विशेष  अबस्थाका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, राहत बितरण , सामुहिक भोजन, बन्दाबन्दीलाइ सहज बनाउन अन्य नगरपालिकासंग समन्वय, बिदेसबाट आउने ब्यक्तिहरुको निगरानी, क्वारेन्टाइन निर्माण, माथिल्लो निकायसंग समन्वय गरेर स्वास्थ्य सामाग्री जुटाउनेलगाएत अन्य विभिन्न कार्यहरु गरेको छ ।

यसैनुरुप यो नगरपालिकाले बाहिरी नाकाबाट अनुमति नलिइ प्रबेस गर्न खोज्ने अपरिचित ब्यक्तिहरुलाइ कडाइको साथ रोक लगाउने, बन्दाबन्दीको समयमा उपत्यका बाहिरबाट आउने कुनैपनि ब्यक्ति आफ्नो टोलमा प्रबेस गरेको छ भने तत्काल नजिकको प्रहरी, स्वास्थ्यकर्मी या वडा कार्यालयमा जानकारी गराउनको लागि नगरबासीहरुलाइ आग्रह गरेको छ । यस मामलामा प्रत्येक घरधनी सजग भइ स्वास्थ्य परिक्षणको लागि ब्यबस्था मिलाउन आग्रह गरिएको छ ।

पसल ब्यबसाय, अफिसमा काम गर्ने कर्मचारी, फोहोरमैला ब्यबस्थापनका कर्मचारीहरु, खाध्यान्न तथा अन्य अति आबस्यक सामाग्रीहरु ढुवानीकर्ताहरुलगायतलाइ पनि आर डि टि र पि सि आर टेस्ट गर्नेतर्फ ढिला गर्नु हुंदैन

यसरी नेपालमा पहिलो पटक कोरोना भाइरसबाट एक महिलाको मृत्यु भएपछि अहिले काठमाडौं उपत्यकाको गङबु, टिचिङ अस्पत्ताल, काभ्रेको धुलिखेल गरि विभिन्न ठाउंहरुमा बन्दा बन्दी झन कडा गरिएको छ ! तारकेश्वर नगरपालिका लगायत अन्य नगरपालिकाहरुले पनि उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता अप्नाएका छन । अबको स्थिति  केही भयावह देखिएकोले स्थानिय सरकारले पनि यस बिषयमा कडा कदम चाल्नुपर्ने जरुरी देखिन्छ ! अब यसको लागि हरेक स्थानिय तहले केन्द्र र प्रदेस सरकारसंग समन्वय गरेर अत्याबस्यक काममा  संलग्न हुने ब्यक्तिहरु जस्तै : पसल ब्यबसाय, अफिसमा काम गर्ने कर्मचारी, फोहोरमैला ब्यबस्थापनका कर्मचारीहरु, खाध्यान्न तथा अन्य अति आबस्यक सामाग्रीहरु ढुवानीकर्ताहरुलगायतलाइ पनि आर डि टि र पि सि आर टेस्ट गर्नेतर्फ ढिला गर्नु हुंदैन  र सुरक्षा निकाएमा पनि संक्रमण देखिएकोले सायद पि पि इ को अभाव देखिन्छ !

त्यसैले यस मामलामा तपाईं हामी सबै जानकार ब्यक्तिले अनाबस्यक काममा बाहिर नजाउं र भिडभाडको  त कल्पनै नगरौं , किनकी एक ब्यक्तिलाइ भाइरस लाग्दा त्यसको कन्ट्र्याक ट्रेसिङ नै अहिलेको मूल समस्या भएकोले आफुपनि सजग हौ अरुलाइ पनि सचेत गराउं !

प्रतिक्रिया दिनुहोस