आजको मौसम केही स्थानहरूमा मेघगर्जन -चट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै(थोरै स्थानहरु मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विहीबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस