स्वास्थ्य बीमा बोर्डको कार्यकारी सदस्यमा प्यूठानका थापा मनोनित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज ०१, काठमाडाैँ । प्यूठानको झिमरुक गाउँपालिका १ सौतामारे निवासी चन्द्र थापा स्वास्थ्य बीमा बोर्डको कार्यकारी सदस्यमा मनोनित भएका छन । बुधवार बसेको मन्त्रिस्तरीय बैठकले थापालाई बोर्डको कार्यकारी सदस्यमा मनोनित गरेको हो ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल थापा बिमितको तर्फबाट मनोनित भएका हुन। उनको कार्यकाल ४ वर्षको हुनेछ। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका संस्थापक अध्यक्ष समेत रहेका थापा हाल काठमाण्डौँमा बसोवास गर्दै आएका छन् । थापाले स्वास्थ्य शिक्षामा प्रथम श्रेणीमा स्नातकोत्तर (एमएड) गरेका छन् । उनी विगत २० वर्षदेखि बीमा क्षेत्रमा समेत सलंग्न छन्। काठमाण्डौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा विगत २३ वर्षदेखि निरन्तर कार्यरत थापा उक्त प्रतिष्ठानको हाल सह प्राचार्य पदमा कार्यरत छन् । भने थापा बिगत १५ बर्ष देखि विभिन्न क्याम्पसमा प्राध्यापक भएर काम गरिरहेका छन । त्यस्तै,सातौ र आठौ महाधिबेशनपछी तत्कालिन नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या बिभागमा थापाले सक्रीयता पुर्वक काम गर्दै आएका छ्न।

देशभरको स्वास्थ्य क्षेत्र सुधारका लागि थापाको नेतृत्वमा वर्षौदेखि विभिन्न अभियान सहितका कार्यक्रम संचालन हुँदै आएका छन् । हाल देशभर ५८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ।

प्रतिक्रिया दिनुहोस