ज्यान मुद्दामा फरार एक अभियुक्तलाई २३ बर्षपछि पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १, बाँके । बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई २३ बर्षपछि पक्राउ गरेको छ ।२३ बर्षअघि बाँकेको साबिक रनियापुर गाबिस वडा नम्बर ८ रनियापुरका १९ बर्षिय नूर सलाम खाँ लाई चमकदारपुर भन्ने स्थानमा पहिला छातिमा गोली हानी त्यसपछि घाँटी रेटेर हत्या गरी जिल्ला अदालत बाँकेबाट २० बर्ष कैद सजाय भइ फरार रहेका साबिक रनियापुर गाबिस वडा नम्बर ८ हाल खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरका ३८ बर्षिय आजात खाँ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।प्रहरीले निज आजात खाँ ले २०५४ साल फागुन ७ गते नूर सलाम खाँ लाई पहिला छातिमा गोली हानेको र त्यसपछि घाँटी रेटेर हत्या गरेको जनाएको छ ।२०७२ साल असौज १७ गते जिल्ला अदालत बाँकेले निज खाँ लाई २० बर्षको कैद सजाय तोकेको थियो ।

कैद सजाय तोकिएका खाँ त्यसपछि कहिले भारत र कहिले नेपालकै विभिन्न ठाउँहरुमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।निज आजात खाँ आफ्नै घरमा लुकिछिपी बसेको भन्ने विशेष सुचनाको आधारमा भदौ २८ गते जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएर गएको विशेष प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाले बताए । उनलाई अदालत समक्ष बुझाई कैद सजाय भुक्तान गराइने रानाले जानकारी दिए ।बाँके प्रहरीले बुधबार बेलुका प्रहरी कार्यालय परिसरमा पत्रकार माझ निज आजात खाँ लाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस