भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१ लाख नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, एजेन्सी । पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिए सगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको हो । बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस