घोडाघोडीमा किरा परेको एक शव फेला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १ , कैलाली । कैलालीको घोडाघोडीमा किरा परेका एक शव फेला परेको छ । पालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडमा प्रहरी निरिक्षक हरि शरण भट्टले जानकारी दिएका छन ।

हामी घटना स्थलमै छौ । प्रहरी निरिक्षक भट्टले भने,।।। “भुईमा लडिरहेको अवस्थामा शवमा किरा परेकाले पहिचान गर्न समस्या भएको छ । तर शव महिलाकै होला भन्ने अनुमान गरेका छौ । हाल मुचुल्का उठाउने काम भईरहेको र आवश्यक अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस