सिराहामा तीन जना प्याज व्यापारी पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १, सिराहा । सिराहा प्रहरीले लुकाएर महँगो मूल्यमा प्याज बिक्री गर्ने तीन जना व्यापारीलाई पक्राउ गर्दै ७ हजार किलोभन्दा बढी प्याज नियन्त्रणमा लिएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गर्दै प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका ४ मा जय लक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेश प्रसाद साह, मिर्चेया नगरपालिका ५ मा जयमाता दी सब्जी भण्डारका सञ्चालक बिनोदकुमार साह र लहान नगरपालिका ३ का गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई प्याज कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको सिरहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जनाए ।

उनीहरुले लुकाएर राखेको ७ हजार ४ सय ४० किलो प्याज बरामद गरेको उनले बताए । प्याज कालोबजारी गरेको पाइएपछि उनीहरुको पसल र गोदाम समेत सिल गरिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस