सल्यानको पटारे बजार नजिकै एक वृद्ध मृत्त अबस्थामा फेला

Khabar24Nepal Author Logo..
मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

असोज १, सल्यान । सल्यानको पटारे बजार नजिकै एक वृद्ध मृत्त अबस्थामा फेला परेका छन् ।


जिल्लाको शारदा नगरपालिका १५ का अन्दाजी ६२ वर्षीय प्रेम रावल मृत्त अबस्थामा फेला परेका हुन । बुधबार साँझ सिद्ध कुमाख गाउँपालिका १ पटारे बजारबाट मासु लिई घर फर्किदै गरेका रावल शारदा नदी किनारको सिँचाई कुलोमा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापा क्षेत्रीले जनाएको छ । मृत्तक रावलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याएको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी प्रमुख थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस