नेप्से झण्डै ३१ अङ्कले बढ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै ३१ अङ्कले बढेको छ । नेप्से बिहीबार ३० दशमलव ७८ प्रतिशतले बढेर १५ सय ७२ दशमलव १८ बिन्दुमा पुगेको छ ।निर्जीवन बीमा समूह बाहेक अरु सबैजसो समूहको शेयर बिहीबार बढेको छ । होटल समूहको शेयर एक सय ६१ अङ्कले बढेको छ भने जलविद्युतको ८८ अङ्कले, विकास बैंकको ६६ अङ्कले, जीवन बीमाको ४० र फाइनान्स समूहको शेयर ४२ अङ्कले बढेको छ ।

 

बिहीबार एक सय ९१ कम्पनीका एक करोड १८ लाख कित्ता शेयर तीन अर्ब ३१ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । समग्र बजार बढे पनि एनआरएन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस