रुकुम पश्चिममा ‘तपाईको मास्क खै’ अभियान सुरु

Khabar24Nepal Author Logo..
मनोज डाँगी पढ्न लाग्ने समय : २ मिनेट

असोज १ रुकुम । रुकुमपश्चिममा आजबाट ‘तपाईको मास्क खै’ अभियान सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमको सहजीकरणमा यो कार्यक्रम जिल्ला प्रहरी कार्यालयको संयुक्त रुपमा तपाईको मास्क खै अभियानको सुवात गरेका हो जस्मा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कबिराज रोकायको उपस्थितमा यो अभियान सुरु गरिएको हो ।आज पहिलो दिन मास्क नलगाएर खंलगा वजारमा हिड्ने २ सय जनालाई निशुल्क मास्क बितरण गर्नुका साथै मास्क लगाउने तरिका सिकाइएको छ । 

कोरोनाको जोखिम बढ्दै गएको बेला सर्वसाधरण विना मास्क हिड्ने गरेको पाइएकाले आजबाट तपाईको मास्क खै अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिएका छ्न । बिहीवार पहिलो दिन मास्क वितरणका साथै सम्झाई बुझाई गरिएको उहाँको भनाई छ । बजारमा चहलपहल बढेको र मास्क नलगाएर सर्बसाधरण हिडडुल गर्न थाले पछि प्रहरीले तपाईको मास्क खै अभियान संचालन गरिएको हो । जिल्ला ट्राफिक प्रहरीले नियम विपरित चलेका १० ओटा मोटर साईकललाई कार्वाहि गरेको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख विश्वकर्माका अनुसार आज १० ओटा मोटर साईकललाई कार्वाहि गरिएको र ३ ओटा मोटर साईकललाई नियन्त्रणमा लिइएको हो ।

त्यस्तै सचेतनामुलक स्टिकर पनि टासिएको छ । ट्राफिक नियम पालना गराउन सवारी साधनमा स्टिकर टासिएको हो । लक डाउन खुलेसंगै सडकमा सवारीमो चाम बढेका कारण ट्राफिक नियमको पालाना गर्न उहाँको सबैलाई आग्रह छ ।

प्रतिक्रिया दिनुहोस