नेपालका ५ जिल्ला कोरोना संक्रमण मुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज १, काठमाडौं । नेपालमा ५ जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रावक्ता डा. जागेश्वर गौतमका  सोलुखुम्बू, डोल्पा, मुस्तांङ, मुगू र हुम्ला कोरोनामुक्त रहेकाे बताएका हुन ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १२ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस