कुर्सीको लागि विवाद गर्दै प्रचण्ड-माधव गुट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र फेरि विवाद बल्झिएको छ ।  सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ । यसपटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशको अविश्वास प्रस्ताव प्रकरण रहेका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेतामात्र समावेश गरेका छन् । त्यसअघि राजदूत नियुक्तिमा पनि उनले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस