अब छिट्टै नियमित काममा फर्कनेछुः सभापति पाल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १, काठमाडौँ । संघिय सांसद महिला तथा सामाजिक समितिका सभापनि निरुदेवी पालले आफु चाँडैं नियमित काममा फर्कने बताउनुभएको छ ।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भई हाल उपचारत रहनुभएकी सभापति पालले आफुलाई लामो समयदेखी निमोनिया भएका कारण केही स्वास्थ्यमा समस्या उत्पन्न भएको तर अवस्था सामान्य नै रहेको बताउनुभयो । कोरोना तथा अन्य सामान्य समस्याका कारण स्वासप्रश्वासमा केही समस्या भएको तर उपचारपछि क्रमिक रुपमा स्वास्थ्यमा सुधार भइरहेको बताउनुभयो ।


कडा खालका औषत्रीहरु चलाउनु पर्ने र प्लाज्मा थेरापि पनि तत्काल गर्नुपर्ने डाक्टरहरुको सल्लाह र सुझाव अनुसार हिजो महाकाली अस्पतालमाबाट काठमाडौँ टिचिङ अस्पलालको आइसीयुमा उहाँको उपचार भैरहेको छ । सभापति पाललाई असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘लामो समयदेखि निमोनियाको बिरामी भएर होला मलाई कोरोनाले पनि धेरैनै च्यापेको lungs कमजोर भएर पनि श्वासप्रश्वासमा निक्कै कठिनाई भयो र सुख्खा खोकिले पनि धेरैनै गारो गरापएछि कसैको फोन रिसिभ गर्न सकिन । महाकाली अस्पतालमा जुनमाया सेवा र सद्भाव पाय त्यसको लागि सिंगो अस्पताल परिवार प्रति आभारि छु । कडा खालका औषधीहरु चलाउनु पर्ने र प्लाज्मा थेरापी पनि तत्काल गर्नुपर्ने डाक्टर हरुको सल्लाह र सुझाव अनुसार हिजो काठमाडौँको टिचिङ अस्पलालको ICU मा उपचार भैरहेको छ । डाक्टरहरुको सल्लाह अनुसार आज प्लाज्मा थेरापी गर्ने भन्नुभाको छ । मेरो स्वास्थलाई लिएर धेरैनै चिन्ता र चासो ब्यक्त गर्नु हुने सबैमा हिर्दय देखीनै आभार ब्यक्त गर्दछु । सम्माननी प्रधानमन्त्री ज्युप्रति नतमस्तक छु । हिजो भन्दा केहि सजिलो महशुस भएको छ । आसा छ छिट्टै निको भएर काममा फर्किनेछु ।’

प्रतिक्रिया दिनुहोस