अवैध सुन र चाँदी बरामद

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, पर्सा । विरगंज म.न.पा.वडा नं.५ रेशमकोटी स्थितमा श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाबाट अबैध सुन र चादी बरामत गरेको छ । सुन तथा चाँदी जस्तो देखिने धातुहरु लुकाइ छिपाई राखिएको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले बरामत गरेको हो ।

एपार्टमेन्टको ३०३ नं.फ्लैटमा सुन जस्तो देखिने धातु बिस्कुट १ के.जी.को दरले १३ वटा १३ के.जी., सुन जस्तो देखिने बिस्कुट मझौला 5TAELS9999 Gold ४६ पिस- ८ के.जी.५७६ ग्राम, सुन जस्तो देखिने बिस्कुट सानो १०० ग्रामको दरले १० पिस १ के.जी., सुन जस्तो देखिने बिस्कुट जम्मा २२ के.जी.५७६ ग्राम, सुनको जस्तो देखिने धातुको बिभिन्न गर-गहानाहरु जम्मा ६८१ ग्राम र चाँदीको जस्तो देखिने गर-गहाना तथा थाल लगायत भाडा कुडा २ के.जी.२६२ ग्राम बरामत गरेको हो ।

पर्सा प्रहरी प्रमुख प्र.उ.गंगा पन्तको कमाण्डमा खटि गएको प्रहरी टोलीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाको बस्ने गरेको फ्लैटबाट स्थानीय भद्र भलादमीको रोहब्बरमा रितपूर्वक खानतलासी तथा बरामद गरेको हो । सुन कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस