चारलाख घुससहित श्रीमान-श्रीमती पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहानी रक्षक र उनको श्रीमतीलाई अख्तियारले घुस सहित पक्राउ गरेकाे छ । निर्मला केवटले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।


शिवचन्द्र सहानी र उनको श्रीमती निर्मला केवटलाई सेवाग्राहीबाट रु . ४,००,०००।– (चार लाख) घुस लिइसकेको अवस्थामा उक्त रकम सहित सियारी गा.पा.वडा नं.७ स्थित खनाल मिठाई पसल नजिकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यस्तै प्रेमचन्द्र विश्वकर्मालाई सेवाग्राहीबाट रु. १२,०००।– (बाह्र हजार) घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं.६ स्थित कलौनी चोकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस