काठमाडौँ उपत्यकामा थप १७४६ जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७४६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४५१, भक्तपुरमा १४३ र ललितपुर १५२ गरी १७४६ जनामा संक्रमण पुष्टि भएको हो ।


थप ३१ सय ६७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ सय जना रहेको छ । मन्त्रालयका अनुसार आज १८ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८९ हजार ८ सय ४० जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस