उज्वल केसिद्वारा निर्देशित हरर सिनेमाको ट्रेलर सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौं । नेपाली फिल्म निर्देशक उज्वल के.सी.द्धारा निर्देशित अंग्रेजी हरर सिनेमा ROUTE 65 को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्देशन र संम्पादन के.सी.ले गरेका हुन ।

यस चलचित्रमा बेल्जियम र नेदरल्याण्डका स्थापित कलाकारहरुले अभिनय गरेका छन। मुख्य भूमिकामा मैक गब्रियल, अन्ना, मेरी, नताली, योल्नडा तथा एक भरितीय कलाकार मुकेश पलको अभिनय रहेको छ। स्क्रिप राइटर लियो उजोमा र टोम कोपेनोलको निर्माणमा यो चलचित्र कोरोना महामारी सामान्य भए पछि थियटर रिलिजमा जानेछ। साथै यस चलचित्रको डबिंग भर्सन नेपाली, हिन्दि, डच र फ्रेन्च भाषामा हेर्न सकिनेछ।

नेपाली सञ्चार जगतमा चिरपरिचित के.सि. पछिल्लो समय बेल्जियम बसेर अंग्रेजी सिनेमामा काम गरिरहेका छन । उनिद्वारा निर्देशित एक अर्को चलचित्र द लाष्ट च्याप्टर पनि छायांकन क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस