कपन बालुवाखानीमा आगलागी, एकको मृत्यु, दुई घाइते

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा नुुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका कृष्णबहादुर तामाङ छन् ।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने तामाङको कोठामा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीमा परी मृतककी ३५ वर्षीया बहिनी विपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन्। उनीहरूको कीर्तिपुुर अस्पतालमा उपचार भइरहेको छ । विपना तिहार मनाउन दाजुकोमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस