सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका २ स्थित भित्री सडक खण्डमा राखिएको ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ठेकेदार सुरेश कार्कीले आफ्नो ट्याक्टरको टेलर फुकाली बाटो छेकी राखेको अवस्थामा हजरियाबाट बरहथवातर्फ आउँदै गरेको बा.३५ प.३०२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्याक्टरको नम्बर भने खुलेको छैन ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल कुशवरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा टेलरलाई नियन्त्रणमा लिई ट्याक्टरको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस