बंगलादेशविरुद्ध नेपाल (भिडियो लाईभ)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४m४५ बजे सुरु भएको हो ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई कतार विश्वकप छनोटको तयारीस्वरूप लिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । बालगोपाल महर्जनको प्रमुख प्रशिक्षणमा रहेको नेपाली टोलीले दोस्रो खेल जित्ने लक्ष्य लिएको छ ।

कतार विश्वपकपका लागि एसियाली छनोट अन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी छ । समूह ‘बी’ रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी रहेको हो । तर यसअघि कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मिति तय भएको छैन। स्थगित भएको खेल दशरथ रंगशालामा हुनेछ।

वेब साइटबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस