काभ्रेपलान्चोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काभ्रे । काभ्रेपलान्चोक जिल्लाको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्था २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु चएकाी तथा घाइते दुबै काभ्रेपलान्चोक खानीखोला गाउँपालिका–४ फुलडाँडाका धनबहादुर गोलेका सन्तान हुन । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस