”सामान्य सुदुरपस्चिमको बिकट जिल्लामा जन्मेको मान्छे हुँ” ऐन महर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा भएको छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना भएको श्रद्धाञ्जली कार्यक्रममा जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरेका हो । एमाले र एमाओवादीबाट एउटाले संयोजकको जिम्मा पाएको संगठनमा अर्कोलाई सहसंयोजक बनाइएको छ ।

यसै समायोजनको प्रक्रियाबाट टुङ्गिएर अनेरास्ववियुको संयोजकको भुमिका पाएका अनेरास्ववियुका महासचिव ऐन महरले पाएका छन । उनले संयोजकको भुमिका पाए संगै धेरै खाले विचारहरु समकालिन विद्यार्थी नेताहरुले दिइरहेका बेला संयोजक ऐन महरले आफ्नो फेसबुक वालका आफु एक सामान्य मान्छे रहेको र सुदुरपस्चिमको बिकट जिल्लामा जन्मेर यहासम्म आइपुगेको बताएका छन । उनले सबै जनसंगठनका संयोजक सह संयोजकको भुमिका पाएका सबैलाई शुभकामना समेत व्यक्त गरेका छन ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन “म एउटा सामान्य मान्छे हुँ। सुदुरपस्चिमको बिकट पहाडी जिल्ला बझाङ्ग मा जन्मेर हुर्केर स्कुल शिक्षा प्राप्त गरि २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौ प्रबेश गरे पश्चात् विद्यार्थी आन्दोलनको नेता संगठन तत्कालिन अनेरास्ववियु को कार्यकर्ता बनेर इमानदारीका साथ निरन्तर कृयाशिल बनी कहिले उकाली कहिले ओराली अनि विभिन्न आरोह अबरोह पार गर्दै आएको छु। २१ बर्षको यो निरन्तर कृयाशिलताको उपज आज एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त भएको छ। नेपालको विद्यार्थी आन्दोलनको प्रमुख दुई ठुला संगठनको एकता पस्चातको नेतृत्व गर्ने बिषय आफैमा ठूलो अवसर हो र यो संगै आइलाग्ने चुनौती पनि छन। तर हरेक चुनौती हरुलाइ अवसरमा रुपान्तरण गर्दै हामी अगाडि बढ्ने छौं र परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनलाई एउटा उचाई प्रदान गर्नेछौं ,यो आन्दोलन प्रतीको बिश्वास र भरोसा थप बलियो बनाउने छौं, लाखौं विद्यार्थीहरुको आकर्षणको केन्द्र बनाउने छौं। नेपालको कम्युनिस्ट आन्दोलनको जगका रुपमा यसलाई बिकास गर्नेछौं। सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने छौं।सुखी नेपाली समृद्ध नेपालको महा अभियानको सारथि बन्ने छौं।
यो ऐतिहासिक जिम्मेवारी पुर्ण बिश्वासका साथ प्रदान गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा र पार्टी नेतृत्व प्रती हार्दिक आभार प्रकट गर्दछु। साथै यो अभियानमा लाग्नुहुने सम्पुर्ण साथिहरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछु।
फेरि पनि सम्पुर्ण साथी हरुको पुर्ण साथ सहयोगको अपेक्षा गर्दै नेकपाको विभिन्न जनसंगठनको संयोजक सह संयोजक हुनुभएका सबै कमरेड हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु”

प्रतिक्रिया दिनुहोस