नम्बर नखुलेको गाडीले ठक्कर दिदा एकजनाको मृ’त्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २ , दाङ । दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनकोको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ बर्षिय प्रकाश कुँवरको मृ]त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

बिहान करिब २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते भएका कुँवरको अवेर मात्रै उद्दार भएको थियो । बिहान ७ बजेर १५ मिनेटमा लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजीकार्य तीब्र भैरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस