सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक स्थगित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ ,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको हो ।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो ।
बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।

आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइए

प्रतिक्रिया दिनुहोस