चितवनमा थप एक जना कोरोना संक्रमित मृ’त्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, चितवन। चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृ’त्यु भएको हो ।

२६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृ’त्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृ’त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस