भारतमा एकैदिन ९६ हजार ७ सय ९३ जना कोरोना संक्रमित थपिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २, भारत। भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएसगै ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ । भारतमा संक्रमित ४१ लाख ५० हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् भने १० लाख १८ हजार ४ सय ५४ जना उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस