श्रीमती ल्याउन हिडेका दुई युवा ला’स लिएर फर्किए

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज २ , मुगु । गत एक साता अगाडी संकास्पदभनि मृ’त्यु भएका छायानाथ रारा नगरपालिका वडा नं ७ का २१ वषिययुवा रामकृष्ण विष्टको मृ’त्युको घाउ सेलाउनै नपाउदा फेरी अर्को घाउ लागेको छ ।

छाँयानाथ रारा नगरपालिका -७ का २८ बर्षिय एकयुवा राजेन्द्र बहादुर शाहीपत्नि सहित ससुराली भेट्नखत्याड गाँउपालिका – ६ रास्कोटीबाडा ससुरालि घर गएका शाही बुधबार सोहीगाँउको जङ्गलको रुखमा झुण्डिएको अबस्थामा मृ’त फेला परेको जिल्लाप्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयकाअनुसार उनीहरु श्रीमतिल्याउन ससुरालि घर गएकाथिए तर विडम्बना लास लिएर घर फर्केको जिल्लाप्रहरी कार्यालय मुगुका सुचनाअधिकारी भिम दत्तजोशिले बताए । त्यस्तै छाँयानाथ रारा नगरपालिका वडा नम्बर ८झ्यारी गाउका २१ बर्षिय युवकरामकृष्ण विष्ट सुसुरालीघरमा रहेकिपत्निलाई आफनो घर ल्याउनगएकाथिए । ससुरालीगाँउनजिकै भदौ २५ गते रुखमा झुण्डिएको अबस्थामा मृ’त फेला परेको मृतकविष्टका भतिजा रतन रावलले बताए ।

रावलकाअनुसार विष्टको मृ’त्यु भयो भन्ने खवर पाए पछि आफुहरु त्यस तर्फगएको जानकारी दिए । मृ’तक विष्टककि श्रीमतीले जिल्लाअदालतमुगुमा सम्बन्ध विच्छेदको मुद्धा हालेको तर श्रीमानले श्रीमति बाट टाढा हुननखोजेको साथै मृतक विष्ट अध्यायनको लागि नेपालगंजगएकाथिए , र नेपाल सरकारले लकडाउन गरे पछि घर फर्किइ परिवार श्रीमतिले तनावदिने गरेको सुचनाअधिकारी जोशिको भनाई रहेको छ ।घर गएका छाँयानाथ रारा नगरपालिका -८ काअर्का युवापनि ससुराली घर नजिकको जङ्गलको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेका छन ।

जिल्लाप्रहरी कार्यलयकाप्रहरी निरिक्षक जोशीले दिएको जानकारी अनुसार खत्याड गाँउपालिकामा—५ मा झुण्डिएको अबस्थामा फेला परेकायुवाको घट्नाअबस्था हेर्दा युवाले आफै आत्महत्या गरेको हुन सक्ने देखिएको छ । यो घटनाको बारेथप अनुसनधानको लागि मृतकविष्टकापत्नि, सुसुरा र सासुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानगरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस