साउदीमा १ हजार १ नेपालीले पाए बहिर्गमन भिसा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ , काठमाडौँ । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये केहीले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले ९४८ जनालाई बहिर्गमन भिसा दिएको थियो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै थप ५३ जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

साउदी अरेबियाका विभिन्‍न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहेका नेपालीलाई बहिर्गमन भिसा प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस