गजल ! “जनता यो पनि ता उस्तै सरकार भयो”

Khabar24Nepal Author Logo..
सुरेश मार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

जनता यो पनि ता उस्तै सरकार भयो,
एसैका गुणगाण गाउँने अखबार भयो।

एक्काईसौ सताब्दि मा पनि छुवा छुत,
देशै भरी हेरन भ्रष्टचारको संसार भयो।

ईमान्दार मिडिया क्रमी पिटिन्छ देशमै,
धम्की ता देश भक्तलाई उपहार भयो।

समाबेसी ,माजवाद अनमुख भन्दैछन,
तर दुई तिहाई को ठुलो अहेँकार भयो।

यसैभित्र कुर्चिकै खिचलोछ झन झन,
त्यसैले त यो देश पनी नाङ्गेझार भयो।

किसानले उप्जाएको तरकारीमा कर,
ठुला कमिसन भ्रष्टचारी आपार भयो।

सरकारको नीति जोगिको कान जस्तै,
भ्रष्टचार त सरकारको कारोबार भयो।

भन्न नी छाडेनन कम्युनिष्ट आफुलाई,
कम्युनिष्टकै जराकाट्ने औजार भयो।

प्रतिक्रिया दिनुहोस