पल शाह र सुपुष्पा अभिनय गरेको गीत‘हिँड्दा हिँड्दै’ सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ ,काठमाडौँ ।  अम्बिका शर्माले रचना गरेको गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

गीतमा आफूले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितिलाई दर्शाउन खोजिएको छ । यस्तै गीतमा सुप्रिया शर्माको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत संयोजन छ ।

गीतकार शर्माले भर्खरै मात्र १६ जना कलाकारको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरेकी थिइन् । उक्त देशभक्ति गीत दर्शकले रुचाएका छन् । यसअघि सार्वजनिक भएका शर्माका ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिम्रो मायामा हराउन थालेको धेरै भो’, ‘तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ’, ‘तिम्रो मायामा’लगायतका गीत दर्शकले रुचाएका छन् ।

त्यस्तै गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने पल शाह र सुपुष्पा भट्टले अभिनय गरेका छन् ।

विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफीमा निर्माण भएको यो म्यूजिक भिडियोमा पुरुषोत्तम सुवेदीको गीत एरेन्ज रहेको छ ।

हेर्नुहोस् भिडियोस्

प्रतिक्रिया दिनुहोस