थप दुई ठाउमा सानिमा बैंकको शाखा विस्तार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २, काठमाडौँ। सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो । ताप्लेजुङको फुङलिङ ५ मा स्थापित शाखा उद्घाटन नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरे ।

यसैगरी बाँकेको कोहलपुर ११, एनटीभी रोडमा स्थापित नयाँ शाखाको उद्घाटन नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे ।

प्रतिक्रिया दिनुहोस