‘ए मेरो हजुर ४’को छायांकन सुरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए ।


चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो । निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । यसपछि, केही समय ब्रेक लिएर चलचित्रको गीतको छायांकन हुनेछ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस