कृषि विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २ , काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् ।


आज ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर कोअपरेटिभ्स इन एसिया एन्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताएकी हुन् । ‘कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ । भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरणअनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं ।’ कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले विभिन्‍न कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै मन्त्री अर्यालले कृषिमा संलग्न साना किसानको जीवन माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

दिगो विकासको अवधारणाअनुरुप राष्ट्रको समृद्धिका लागि भूमि व्यवस्थापनका नीतिहरु अगाडि सारिएको बताइन् । उनले अनौपचारिक भू(सम्बन्धको अन्त्य गर्दै जीविकोपार्जनको अवस्था र बसोबासको स्थितिका आधारमा जग्गाधनी पुर्जा वितरण गरिनेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस