उपत्यकामा थप १६९८ जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६९८ जना कोरोना भाइरस पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४६९, भक्तपुरमा ९९ र ललितपुर १३० गरी १६९८ जनामा संक्रमण पुष्टि भएको हो ।
थप २९ सय ४२ जनामा कोरोनासंक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९२ हजार १ सय ६६ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ३९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस